जागिरकाे खाेजीमा हुनुहुन्छ ? डिप्रोक्स लघुवित्तमा रोजगारीको अवसर
५ भदाै, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको संस्थाले आफ्नो सेवा विस्तारका क्रममा ग्रामीण क्षेत्रमा बसेर काम गर्न इच्छुक नेपाली नागरिकहरूबाट ५० जना ‘सहायक प्रशिक्षार्थी’ पदका लागि दरखास्त आह्वान गरेको हो ।
यस पदका लागि न्यूनतम शैक्षिक योग्यता एस.ई.ई. वा सो सरह उत्तीर्ण हुनुपर्नेछ भने ‘प्लस टु’ (१०+२) उत्तीर्ण गरेका उम्मेदवारलाई छनोटमा प्राथमिकता दिइने संस्थाले जनाएको छ ।
साथै, कम्प्युटर सम्बन्धी ज्ञान भएका र मोटरसाइकल चालक अनुमतिपत्र प्राप्त गरेका व्यक्तिहरूले विशेष प्राथमिकता पाउनेछन् ।उमेरको हकमा, आवेदन दिने अन्तिम मितिसम्म पुरुष उम्मेदवार १८ वर्ष पुरा भई ३४ वर्ष ननाघेको र महिला उम्मेदवारको हकमा ३९ वर्ष ननाघेको हुनुपर्ने प्रावधान छ । छनोट प्रक्रियामा सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई ७ दिने फिल्ड अवधारणा र त्यसपछि अन्तर्वार्तामा सहभागी गराइनेछ ।
सफलतापूर्वक छनोट भएका प्रशिक्षार्थीहरूलाई संस्थाको नियमानुसार प्रशिक्षण अवधिमा पारिश्रमिक उपलब्ध गराइनेछ । संस्थाले प्रकाशित गरेको सूचना अनुसार, इच्छुक उम्मेदवारले विज्ञापन प्रकाशित भएको मिति १५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय सीतापाइला, काठमाडौँमा स्वयम् उपस्थित भएर वा संस्थाको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : August 21, 2026 at 11:57 am


