४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

उद्वव थापालाई राप्रपाले गर्यो कारबाही, पार्टी सदस्यबाट निलम्बन

४ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशन गरेको छ ।राप्रपाको आज बसेको सचिवालय बैठकले थापालाई प्रदेश सांसदबाट पदमुक्त  गर्दै पार्टी सदस्यता समेत खारेज गर्ने निर्णय गरेको हो ।

थापाले एमाले‍ र नेकपाको सरकारलाई समर्थन गरेका थिए। उनको समर्थनलाई अस्वीका  गर्दै राप्रपाले समर्थन फिर्ता लिन आग्रह गरेको थियो। तर उक्त आग्रह नमानेको उल्लेख गर्दै राप्रपाले कारबाही गरेको हो।

प्रकाशित मिति : August 20, 2026 at 4:09 pm