चार कारोबार दिनपछि बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो
४ भदौ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । पछिल्ला चार कारोबार दिनदेखि घटिरहेको नेप्से यस दिन भने बढेकाे हाे । बिहीबार नेप्से परिसूचक ७.१७ अंकले बढेर २६२९.४० काे बिन्दुमा बन्द भएकाे छ । यस दिन १३२ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १३२ कम्पनीकाे मूल्य घटेकाे छ । यस दिन १३ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। यस दिन ३४५ कम्पनीकाे ४७ हजार ९१९ पटकको कारोबारमा ४ अर्ब ४० करोड १४ लाख ९ हजार रुपैयाँबराबरको ९५ लाख ७६६ कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको सेयरमा सकारात्मक सर्किट लागेकाे छ ।
कुमारी धनवृद्धि योजनाको इकाईमूल्य यस दिन सर्वाधिक ९.७७ प्रतिशत घटेको छ। यस दिन नौ वर्षे एग्रीकल्चरल बण्डकाे सर्वाधिक काराेबार भएकाे छ । यस दिन ५० करोड ६५ लाख रुपैयाँबराबरको सो बण्ड कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन छ उपसमूहको परिसूचक बढेको छ भने सात उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित मिति : August 20, 2026 at 3:14 pm


