४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

१३ म्युचुअल फन्डले घोषणा गरे लाभांश, कुनको कति ?

४ भदौ, काठमाडौं । म्युचुअल फन्डले इकाइधनीलाई धमाधम लाभांश घोषणा गर्न थालेका छन् । गत आर्थिक वर्ष २०८२/८३ सम्मको नाफाबाट इकाइधनीलाई फन्डले लाभांश घोषणा गर्न थालेका हुन् ।

गत आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण कार्य सम्पन्न गरी हालसम्म विभिन्न १३ योजनाले लाभांश घोषणा गरिसकेका छन् । बन्दमुखी र खुलामुखी गरी २ किसिमका म्युचुअल फन्ड सञ्चालनमा रहेका छन् । खुलामुखी योजनाको लाभांशबाट पुनः इकाइ खरिद गर्न पनि सकिनेछ भने बन्दमुखी योजनाको लाभांश बुक क्लोजपछि बैंक खातामा प्राप्त हुने योजना व्यवस्थापकहरूले जनाएका छन् ।

हालसम्म लाभांश घोषणा गरेका म्युचुअल फन्डमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३, एनएमबी ५०, एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड २, एनएमबी हाइब्रिड फन्ड एल २, एनएमबी सरल बचत फन्ड ई, रिलायबल समृद्धि योजना, कुमारी इक्विटी फन्ड, कुमारी धनवृद्धि योजना, कुमारी सबल योजना, कुमारी सुनौलो लगानी योजना, एमबीएल इक्वीटी फन्ड, सिद्धार्थ व्यवस्थित लगानी योजना रहेका छन् ।

कुन म्युचुअल फन्डले  लाभांश कति ? 

प्रकाशित मिति : August 20, 2026 at 1:51 pm