छुट्ला है ! एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
४ भदाै, काठमाडाैं। माण्डु हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ५ गते बुक क्लोज गर्दैछ । यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीले घोषणा गरेको लाभांश पाउन र साधारण सभामा सहभागी हुन सक्नेछन् ।
कम्पनीले भदौ १८ गते, नेपाल बैंक्वेट, नयाँबजार काठमाडौँमा १४ औँ तथा १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र आर्थिक वर्ष २०८२/८३ को लागि सञ्चित मुनाफाबाट १२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले लाभांशको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
प्रकाशित मिति : August 20, 2026 at 10:16 am


