४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

आइएमई लाइफले साउन महिनामा गर्यो दुई करोड २७ लाख दाबी भुक्तानी

४ भदौ, काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले साउन महिनामा दुई करोड बढी दाबी भुक्तानी गरेको छ। सो अवधिमा कम्पनीले ८९ वटा बीमालेखअन्तर्गत दुई करोड  २७ लाख ४२ हजार २६९ रुपैयाँ दाबी भुक्तानी गरेको हो।

भुक्तानी गरिएको कुल रकममध्ये कन्भेन्सनल पोलिसीतर्फ १० वटा दाबीको ३४ लाख ५ हजार ६६७ रुपैयाँ ४० पैसा, फरेन एम्प्लोयमेन्ट पोलिसीतर्फ आठ वटा दाबीको ७३ लाख १० हजार रुपैयाँ र माइक्रो टर्म पोलिसीतर्फ ७१ वटा दाबीको एक करोड २० लाख २६ हजार ६०२ रुपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

साथै, कम्पनीले आफ्ना ग्राहकलाई छोटो समयमा सहज, सरल र झन्झटरहित सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ।

प्रकाशित मिति : August 20, 2026 at 9:58 am