नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त
४ भदाै, काठमाडाैं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो।
लामो समयदेखि रिक्त रहेको डेपुटी गभर्नर पदमा राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको सिफारिसमा रावललाई नियुक्त गरिएको हो । रावल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । एक वर्ष अघि राष्ट्र बैंकको कार्यकारी निर्देशक भएका रावले बैंक सुपरीवेक्षण विभागको नेतृत्व गरिरहेका छन् ।
प्रकाशित मिति : August 20, 2026 at 9:27 am


