स्वस्तिक लघुवित्तले बोलायो साधारण सभा, यस्ता छन् प्रस्ताव
४ भदौ, काठमाडौं। स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ २७ गते लहानस्थित विशाल होटलमा बिहान ११ बजे वार्षिक साधारण सभा आह्वान गरेको हो ।
सभामा संस्थाको प्रबन्धपत्र तथा नियमावलीको केही दफाहरु संशोधन गर्ने र अन्य ‘घ’ वर्गको कुनै वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्न उपयुक्त देखिएमा सो गर्ने र यसका लागि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विेशष प्रस्ताव पारित गरिनेछ ।
सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण, सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने एक महिलासहित दुई जना सञ्चालकको निर्वाचनलगायतका विषय साधारण सभाको कार्यसूचीमा राखिएको छ।
सभाले संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, हकप्रद सेयर जारी गर्ने तथा अन्य वित्तीय संस्थासँग मर्जर वा प्राप्ति प्रक्रियामा जानेसम्बन्धी प्रस्तावमाथि पनि छलफल गर्नेछ।
साधारण सभा प्रयोजनका लागि संस्थाले भदौ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ भदौ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै संस्थाको सभामा सहभागी हुन पाउनेछन्।
प्रकाशित मिति : August 20, 2026 at 9:17 am


