प्रधानमन्त्री बालेन र मेरो सम्बन्धमा समस्या छैनः रवि
३ भदाै, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूसँग प्रधानमन्त्री बालेन शाहको सम्बन्धमा कुनै समस्या नभएको बताएका छैनन् । बुधवार सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू र प्रधानमन्त्री बालेन्द्र साहबीच कुनै मतभेद वा विवाद नरहेको बताएका हुन् ।
उनले दुई नेताबीच विवाद रहेको समाचारले आफूहरूलाई झन् नजिक ल्याउने टिप्पणी गरे । ‘हामीमा कुनै समस्या छैन, कुनै कन्फ्युजन छैन,’ उनले भनेका छन् । उनलाई सञ्चारकर्मीले केही समय अघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘एक्लो’ भएको भन्दै दिएको अभिव्यक्तिबारे प्रश्न गरेका थिए ।
सो प्रश्नको जवाफका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री साहले सामाजिक सञ्जालमा ‘एक्लै लडिरहेको छु’ भनेर लेखेका विषयलाई राजनीतिक अर्थमा व्याख्या गर्न नहुने बताए । प्रधानमन्त्री कलाकार र कवि पनि भएकाले उनका अभिव्यक्तिका प्रत्येक शब्दमा राजनीतिक अर्थ खोज्न आवश्यक नरहेको र सिङ्गो पार्टी प्रधानमन्त्रीसँगै उभिएको उनले बताए ।
प्रकाशित मिति : August 19, 2026 at 5:27 pm


