बागमतीको मुख्यमन्त्रीमा किरण थापाको दाबी पेस
३ भदौ, काठमाडाैं । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमालेका प्रदेशसभा सदस्य किरण थापामगरले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् । नेकपा र राप्रपाको समर्थनमा आज उनले मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्।
नेपालको संविधान धारा १६८ को २ बमोजिमको सरकार गठनका लागि ६३ सांसदको समर्थनमा थापाले दाबी पेस गरेका हुन् । थापाले एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सहित ६३ सांसदको समर्थनमा सरकार गठनका लागि बुधबार दाबी पेस गरेका हुन् ।
प्रकाशित मिति : August 19, 2026 at 2:07 pm


