३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

भोलिदेखि टाटा कार्निभल, पुरानो गाडी दिएर नयाँ पन्च ईभी र टियागो ईभी लैजान सकिने

३ भदाै, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले भोलि बिहीबारदेखि टाटा कार्निभलको चौथो संस्करण आयोजना गर्ने भएको छ ।

भदौ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कार्निभलमा ग्राहकले आफ्ना पुराना गाडी टाटा मोटर्सका नयाँ गाडीसँग एक्सचेन्ज गर्न सक्नेछन् । विशेषगरी हालै नेपालमा सार्वजनिक गरिएका नयाँ पन्च ईभी र नयाँ टियागो ईभी खरिद गर्दा पुरानो गाडीलाई डाउनपेमेन्टका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

कार्निभल अवधिभर टाटाका गाडी बुकिङ गर्ने ग्राहकले बेस्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज तथा निःशुल्क होम चार्जिङ जडानलगायतका सुविधा पाउनेछन् ।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा नयाँ पन्च ईभी र नयाँ टियागो ईभी विशेष अफरसहित सार्वजनिक गरिएको थियो । नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ र नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

अत्याधुनिक ‘एक्टि.ईभी’ प्लेटफर्ममा आधारित नयाँ पन्च ईभी ३२ किलोवाट प्रतिघण्टा र ४० किलोवाट प्रतिघण्टा क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ । नेपालको सडकमा गरिएको परीक्षणअनुसार यसले एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

नयाँ पन्च ईभीमा १९५ एमएमको ग्राउन्ड क्लियरेन्स, बीएनसीएपी ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ सी डीसी फास्ट चार्जिङ, भ्वाइस–एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसजस्ता सुविधा छन् ।

दैनिक आवतजावतलाई लक्षित गरी ल्याइएको नयाँ टियागो ईभीमा नयाँ डिजाइन, आकर्षक रङ, ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम तथा ६ वटा एयरब्यागलगायतका सुविधा उपलब्ध छन् ।

प्रकाशित मिति : August 19, 2026 at 11:37 am