पुरानो नगद लाभांश बुझिलिन गुहेश्वरी मर्चेन्ट बैंकिङको आग्रह
३ साउन, काठमाडाैं। गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले पुरानाे नगद लाभांश बुझिलिन सेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न आर्थिक वर्षमा तत्कालीन सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरिएको नगद लाभांश रकम बुझ्न बाँकी रहेको जनाएको छ।
प्रचलित कानूनबमोजिम आवश्यक प्रमाण कागजातसहित संस्थाको प्रधान कार्यालयमा सम्पर्क गरी उक्त लाभांश लिन संस्थाले अनुरोध गरेको हो।
नगद लाभांश लिन बाँकी रहेका सेयरधनीले ललितपुरको पुल्चोकस्थित संस्थाको प्रधान कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। संस्थाले आवश्यक प्रक्रिया पूरा गरी बाँकी लाभांश रकम प्राप्त गर्न सम्बन्धित सेयरधनीहरूलाई आग्रह गरेको छ।
प्रकाशित मिति : August 19, 2026 at 9:47 am


