३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

कमेडी शो मार्फत रोस्ट गर्दा ज्यान मार्ने धम्की आएको अमरेन्द्रको दाबी

३ भदौ, काठमाडौँ । कमेडियन अमरेन्द्र यादवले नेकपा एमालेका नेता सूर्य थापालाई कमेडी शो मार्फत रोस्ट षर्दा ज्यान मार्ने धम्की आएको दाबी गरेका छन । फेसबुक मार्फत उनले सार्वजनिक गरेको टिप्पणी सेयर गर्दै विशाल भण्डारीले यसको पुष्टि गरेका छन । अमरेन्द्रले भनेको धम्की थापाले दिएका भने होइनन् थापामाथि अमरेन्द्रले गरेको रोस्टबाट रिसाएका एमालेका कार्यकर्ताले उनलाई धम्की दिएका हुन ।

इमेज टेलिभिजनबाट प्रशारण भएको कमेडी बाजमा प्रशारण भएको रोस्टका कारण आफू माथि एमाले बिरोधी भन्दै विभिन्न खालका धम्की आएको उनले बताएका छन । उनले तीन दिनदेखि निरन्तर धम्की आइरहेको बताएका छन । अमरेन्द्रकले कतिदिनसम्म कोठामा थुनिएर बस्नुपर्ने भन्दै प्रश्न समेत गरेका छन ।

यस्तो छ अमरेन्द्रको टिप्पणी

यो लडाइँ म एक्लै तीन दिनदेखि लडिरहेको थिएँ। तर अब सहन नसकेर आज यो कुरा सार्वजनिक रूपमा लेख्न बाध्य भएको छु। 🙏 म एउटा कमेडियन हुँ, र रोस्ट गर्नु मेरो पेसाको एउटा हिस्सा हो। तर रोस्ट गर्दैमा कसैलाई गाली गर्ने, मार्ने धम्की दिने, व्यक्तिगत रूपमा टर्चर गर्ने ,दिनरात तनाव दिने कुरा चाहिँ निकै गम्भीर विषय हो। 🙏

पछिल्ला ३–४ दिनदेखि भिडियो सार्वजनिक भएदेखि नै म निरन्तर मानसिक दबाब र व्यक्तिगत गालीगलौज झेलिरहेको छु। यो कसले गरिरहेको हो, नेकपा एमालेका कार्यकर्ता हुन् कि अरू कोही हुन्, म यकिनका साथ भन्न सक्दिनँ। तर मलाई व्यक्तिगत रूपमा गाली गर्ने र टर्चर दिने काम भइरहेको छ। 😔मलाइ रुमबाट बाहिर जान डर लागिरहेको छ ,कहिलेसम्म रुममा बस्ने म ?😥

एउटा कलाकारले रोस्ट गर्छ भन्ने कुरा सबैलाई थाहा हुन्छ। कार्यक्रममा गेस्ट आउँदा पनि उहाँहरूलाई यहाँ रोस्ट हुन सक्छ भन्ने कुरा थाहा हुन्छ, त्यसैअनुसार सहभागी हुनुहुन्छ। त्यसो भए मैले रोस्ट गरेको कुरामा मैले यति ठूलो गल्ती के गरेँ? 🤷‍♂️ आज मलाई भनिँदैछ—“यो एमाले विरोधी हो।”

तर तपाईंहरूले यो हप्ता मलाई एमाले विरोधी बनाइदिनुभयो। अर्को हप्ता मैले जेन्जी अभियन्तालाई रोस्ट गरेको भिडियो आउछ अनि फेरि भन्नुहोला—“यो जेन्जी विरोधी हो।” 😅
यसअघि पनि मैले सन्तोष देउजा, जो नेकपा माओवादीसँग सम्बन्धित हुनुहुन्छ, उहाँलाई पनि रोस्ट गरेको छु। त्यसो भए माओवादीलाई रोस्ट गरेँ भनेर मलाई माओवादी विरोधी भन्ने?
त्यसभन्दा अघि राजावादी पक्षका पुष्कर खतीवाडा गुरु आउनुभएको थियो, उहाँलाई पनि मैले रोस्ट गरेको छु। अब त्यसका आधारमा मलाई राजावादी विरोधी भन्ने? 🤔
आखिर म कस्को बिरोधि हुँ?

म आफैँ कन्फ्युज भएँ—म कसको विरोधी हुँ? 😅 सत्य यति मात्र हो—म कसैको विरोधी होइन। म नेपालका एक स्वतन्त्र नागरिक हुँ। मेरो पेसा नै कमेडी हो, र कमेडीको एउटा हिस्सा रोस्ट पनि हो। त्यसैले मैले गरेको रोस्टलाई कृपया कमेडी र मनोरञ्जनको रूपमा सामान्य रूपमा लिनुहोस्। 🙏❤️ तर एउटा कुरा चाहिँ गम्भीरतापूर्वक अनुरोध गर्छु—मलाई व्यक्तिगत गाली नगर्नुहोस्, व्यक्तिगत रूपमा टर्चर नगर्नुहोस्, र गाली तथा मार्ने धम्की नदिनुहोस्। 🙏

मलाई विश्वास छ, तपाईंहरूले यो कुरा बुझ्नुहुनेछ। तपाईंहरूको समझदारीप्रति मेरो ठूलो आशा र विश्वास छ। ❤️कमेडीलाई कमेडीको रूपमा बुझौँ। विचार फरक हुन सक्छ, तर  व्यक्तिगत दुर्व्यवहार र धम्कीको ठाउँ नदिऔँ। ❤️धन्यवाद। 🙏

कमेडी बाजको श्रृङ्खला तल हेर्न सक्नुहुन्छ

प्रकाशित मिति : August 19, 2026 at 5:26 am