२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

गगनको नेतृत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन

२ भदाै, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति गगन थापाको नेतृत्वमा १५औं महाधिवेशन व्यवस्थापन समिति गठन गरेको छ।

उक्त समितिमा आवश्यक सदस्यहरू रहने बताइएको छ । बैठकले महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न मूल समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्य लगायत विभिन्न उपसमितिहरु निर्माण गर्ने  निर्णय गरिएकाे प्रवक्ता देवराज चालिसेले जनाएका छन्।

प्रकाशित मिति : August 18, 2026 at 6:00 pm