सांग्रिला डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश, बोनस सेयर र नगद कति ?
२ भदाै, काठमाडाैं । साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
भदौ १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको साढे १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।
प्रकाशित मिति : August 18, 2026 at 10:15 am


