बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा
१ भदौ,काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन् । सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्ने क्रममा सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेका हुन्।
नेकपा एमालेले ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन खोजेका थिए। तर बहुमत जुट्ने सम्भावना नदेखेपछि उनले राजीनामा दिएका हुन्।
प्रकाशित मिति : August 17, 2026 at 2:33 pm


