१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

कोशीमा नेकपाबाट जीवन आचार्यसहित ४ जना मन्त्री, एक राज्यमन्त्री

१ भदौ, काठमाडैं । नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ । सोमबार दिउँसो ४ मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो लगाएको हो ।

नेकपाका अनुसार जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनेछन् । खिनु लङ्वा लिम्बूलाई वन, पर्यटन तथा वातावरण, गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन र गीता तिम्सिनालाई सामाजिक विकासमन्त्री बनाइने भएको छ।  आचार्य नेकपा संयोजक प्रचण्डका छोरीज्वाइँ हुन् । सपना दर्जीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी दिइने छ । नयाँ मन्त्रीको सपथ आजै हुने तयारी छ।

प्रकाशित मिति : August 17, 2026 at 2:21 pm