प्रि ओपन सेसनमा करिब २ अंकले घट्यो नेप्से
१ भदौ, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १.९९ अंकले घटेर २६४१.८३ विन्दुमा झरेको छ।
सोमबार प्रि ओपन सेसनमा ७६ स्टकको १८४ पटकको कारोबारमा १ करोड २० लाख ५३ हजार ४५३ रुपैयाँ ६० पैसाबराबरको २७ हजार ४४२ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : August 17, 2026 at 10:59 am


