सानिमा जिआइसीको खुद बीमाशुल्क ८३ करोड नाघ्यो, प्रतिसेयर आम्दानी कति ?
३१ साउन, काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको नाफामा उल्लेख्य गिरावट आएको छ भने बीमाशुल्क आर्जनमा वृद्धि भएको छ ।
समीक्षा अवधिमा कम्पनीले १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । याे नाफा अघिल्लो वर्षको तुलनामा करिब ६१ प्रतिशतले कम हाे ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३३ करोड ६७ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीले २ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो बीमाशुल्क २ अर्ब ५३ करोड १५ लाख रुपैयाँ थियो । यस आधारमा कुल बीमाशुल्क आर्जन ७.८२ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा कम्पनीले ८३ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ७६ करोड ४२ लाख रुपैयाँ थियो । यस आधारमा खुद बीमाशुल्क आर्जन ९ प्रतिशतले बढेको हो ।
२ अर्ब २५ करोड रुपैयाँ सेयर पुँजी रहेको कम्पनीको समीक्षा अवधिमा विशेष जगेडामा ८१ करोड ४५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, महाविपत्ति कोषमा ५ करोड २४ लाख, रिटेन्ड अर्निङमा ९ करोड ८७ लाख र अन्य इक्विटीमा १० करोड २७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले समीक्षा अवधिमा पुनर्बीमाका लागि १ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ७६ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ३३ पैसा कायम भएको छ ।
प्रकाशित मिति : August 16, 2026 at 3:46 pm


