लाभांश पारित गर्न कुमारी क्यापिटलले बोलायो साधारण सभा
३१ साउन, काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ साधारण सभा बालाएको हो । सभा आगामी भदौ २४ गते काठमाडौंको नागपोखरीमा रहेको क्यापिटलको केन्द्रीय कार्यालयमा साँझ साढे ५ बजेबाट सुरु हुनेछ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आव २०८२/८३ का लागि चुक्तापूँजीको १२.२५ प्रतिशतका दरले हुन आउने लाभांश (करसहित)पारित गरिनेछ ।
यस्तै आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित गत आवको वासलात,नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गरिनेछ । सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा स्वतन्त्र सञ्चालकको नियुक्तीको प्रस्ताव समेत पारित हुनेछ ।
प्रकाशित मिति : August 16, 2026 at 12:11 pm


