सुदूरपश्चिममा राज्यमन्त्रीसहित एमालेका ४ मन्त्रीले लिए शपथ
२९ साउन, काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा राज्यमन्त्रीसहित एमालेका ४ जना मन्त्रीले शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले एमालेबाट सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
सन्तोश शर्मा थापा सामाजिक विकास मन्त्री, चक्र बहादुर मल्ल आर्थिक मामिला मन्त्री, दमन भण्डारी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी ऐर बम आर्थिक मामिला मन्त्रीको शपथ लिएका हुन् ।
यसअघि शुक्रबार नै नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भई पद तथा गोपनीयताको शपथ लिएका थिए ।
प्रकाशित मिति : August 14, 2026 at 4:43 pm


