सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो
२९ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिन सामान्य अंकले बढेर बन्द भएको नेप्से यस दिन भने घटेर बन्द भएको हो।
शुक्रबार नेप्से परिसूचक ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा झरेको छ। शुक्रबार १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको घटेको छ । १२ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको हो ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन ३४४ कम्पनीको ४३ हजार ६० पटकको कारोबारमा ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार रुपैयाँबराबरको ९७ लाख ५४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लागेको छ। यस दिन माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको सेयरमा सकारात्मक सर्किट लागेको हो। सुपर खुदी हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक १२.८३ प्रतिशत घटेको छ।
यस दिन एग्रीकल्चरल बण्ड (९ वर्षे) को सर्वाधिक कारोबार भएको छ। यस दिन ७० करोड ८७ लाख ९९ हजार रुपैयाँबराबरको सो बण्ड कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित मिति : August 14, 2026 at 3:18 pm


