नेपाल लाइफ इन्स्योरेन्सका सीईओ प्रवीण रमण पराजुलीले सम्हाले पदभार
२९ साउन,काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले पदभार ग्रहण गरेका छन् ।
कम्पनी सञ्चालक समितिको ४७औँ बैठकको निर्णयअनुसार पराजुलीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो । नवनियुक्त सीईओ पराजुलीले साउन २९ गतेदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार सम्हालेका हुन् ।
प्रकाशित मिति : August 14, 2026 at 1:54 pm


