२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

सुदूरपश्चिम मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त

२९ साउन, काठमाडाैं । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

भट्टले आज बिहान मात्रै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुख मियँ समक्ष दाबी प्रस्तुत गरेका थिए । मियाँले संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका थिए ।

प्रकाशित मिति : August 14, 2026 at 11:54 am