२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

मन्जुश्री फाइनान्सले नाफा साढे ३७ करोड, प्रतिसेयर आम्दानी कति ?

२८ साउन, काठमाडौं। मन्जुश्री फाइनान्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनीले साढे ३७ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा कुल ३७ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १७.५५ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ३१ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ५.०२ प्रतिशत बढेर ९२ करोड ४५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खराब कर्जा अनुपात अघिल्लो आवमा ३.१२ प्रतिशत रहेकाेमा गत आवमा बढेर ३.४३ प्रतिशत पुगेको छ ।

१ अर्ब ३५ करोड रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीको रिटेन्ड अर्निङ ४२ करोड ७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८४ करोड ४६ रुपैयाँ संचित रहेको छ ।

सो अवधिसम्म कम्पनीको वितरणयोग्य मुनाफा ४२ करोड ७ लाख रुपैयाँ रहेको छ । कम्पनीको लाभांश क्षमता ३१.१३ प्रतिशत रहेको छ । समिक्षा अवधिमा कम्पनीकाे प्रतिसेयर आम्दानी २३.१४ रुपैयाँबाट बढेर २७.८५ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १९३.६३ रुपैयाँ र तरलता अनुपात २४.८६ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : August 13, 2026 at 2:45 pm