२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

सोलु हाइड्रोपावरको नाफा १ १ अर्ब ११ करोड

२८ साउन, काठमाडाैं । सोलु हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनीले १ अर्ब ११ करोड ३८ लाख रुपयाँ खुद नाफा आर्जन गरेको छ।

सो अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी २ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ रहेको छ भने कुल नाफा १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ।

१० अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ३ अर्ब ८० करोड ४३ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ १४ पैँसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ६२ पैसा र मूल्य आम्दानी अनुपात ४५.७० गुणा रहेको छ।

प्रकाशित मिति : August 13, 2026 at 2:27 pm