म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्केको हुँः शेरबहादुर देउवा
२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू राष्ट्रियता सुदृढ गर्ने उद्देश्य बोकेर स्वेश फर्किएको बताएका छन्।
आजै सिंगारपुरमा उपचार गराएर स्वदेश फर्किएका देउवाले अपिल पत्र जारी गर्दै शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न आफू स्वदेश फर्केको उल्लेख गरेका हुन्।
‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ,’ देउवाको भनाइ छ, ‘०३३ सालमा बिपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको थियो। मलाई लाग्छ फेरि ४७ वर्षपछि हाम्रो राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ।’
उनले प्रतिशोधभन्दा पनि मेलमिलापको मार्ग रोज्न आह्वान गरेका छन्।
‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु, विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर छु,’ उनले भनेका छन्।


प्रकाशित मिति : August 13, 2026 at 2:06 pm


