२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

सर्वोत्तम पेन्ट्सको कतिमा भयो पहिलो कारोबार ?

२८ साउन, काठमाडौं ।  स्पेशल प्रि ओसन सेसनमा सर्वोत्तम पेन्ट्सको सेयरको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको ८ लाख ५० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको २५ लाख ५० हजार कित्ता सेयर गरी कुल ३४ लाख कित्ता सेयर बुधबार नेप्सेमा सूचीकृत भएको थियो। यस अनुसार आजको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार भएको हो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।

प्रकाशित मिति : August 13, 2026 at 11:04 am