रिलायबल समृद्धि योजनाको लाभांश घोषणा
२८ साउन, काठमाडाैं । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले आफ्नो व्यवस्थापनमा सञ्चालित रिलायबल समृद्धि योजनाका इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
साउन २८ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले योजनाका इकाईधनीहरुलाई ८.४२१०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। लाभांश वितरण प्रयोजनार्थ क्यापिटलले भदौ १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ भदौ ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो दरमा लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रकाशित मिति : August 13, 2026 at 10:42 am


