२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, ईपीएस कति ?

२८ साउन, काठमाडाैं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा इन्स्योरेन्सले ३८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३७ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १६.१७ प्रतिशत बढेको छ भने कुल आम्दानी १०.४९ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी १०.३१ प्रतिशत र कुल खर्च १०.८७ प्रतिशत बढेको छ।

५ अर्ब १ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १८ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३५ करोड ९८ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ६८ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १३ पैसा बढेर ७ रुपैयाँ ६५ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४९.४९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ६२ पैसा रहेको छ।

प्रकाशित मिति : August 13, 2026 at 10:16 am