२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

नेपाल लाइफको नाफा ४६ करोड ५४ लाख, प्रतिसेयर आम्दानी कति ?

२८ साउन, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीकाे गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १५.०२ प्रतिशत घटेर ४६ करोड ५४ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ५४ करोड ७६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन १२.१४ प्रतिशत बढेर ५३ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

गत वर्ष कम्पनीको खुद दाबी भुक्तानी ६२ अर्ब ८४ करोड २७ लाख ३८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ५७ अर्ब ३७ करोड ९० लाख ३६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

गत वर्ष कम्पनीले ७४ अर्ब ३३ करोड ६५ लाख ४ हजार रुपैयाँ कुल आम्दानी गरेर ७० अर्ब ७६ करोड ६३ लाख ६९ हजार रुपैयाँ कुल खर्च गरेको छ ।

९ अर्ब ४८ करोड २ लाख १ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ र जगेडा कोषमा ७९ करोड ९० लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४.९१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२६.०७ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : August 13, 2026 at 9:47 am