२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

नेप्सेको सीईओका लागि ८ जनाको आवेदन

२७ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आठ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्सालका अनुसार आवेदन दिने अन्तिम समयसम्म आठ जनाको आवेदन परेको हो ।

अब सीईओ छनोटका लागि गठित सिफारिस समितिले आवेदकहरूले पेश गरेको व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) को मूल्याङ्कन प्रक्रिया अघि बढाउनेछ।  विज्ञहरूमार्फत कार्ययोजनाको मूल्याङ्कन गरिसकेपछि उत्कृष्ट उम्मेदवारहरूको सर्टलिस्ट तयार पारिनेछ। सर्टलिस्टमा परेका उम्मेदवारहरूले आफ्नो कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ।

त्यसपछि उनीहरू अन्तर्वार्तामा सहभागी हुनेछन् । प्रस्तुतीकरण र अन्तर्वार्तासहितको छनोट प्रक्रिया पूरा भएपछि नेप्सेले नयाँ सीईओ पाउने लम्सालले जानकारी दिए ।

प्रकाशित मिति : August 12, 2026 at 4:42 pm