२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

विद्यार्थीलाई पूँजी बजारसँग जोड्दै नेप्से, ‘भिजिट नेप्से’का लागि आवेदन माग

२७ साउन,काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विद्यार्थीहरूलाई पूँजी बजारबारे व्यावहारिक ज्ञान दिने र वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको ‘भिजिट नेप्से’ कार्यक्रमका लागि शैक्षिक संस्थाहरूबाट आवेदन माग गरेको छ।

चालू आर्थिक वर्ष २०८३/८४ मा विद्यार्थीहरूलाई यस कार्यक्रममा सहभागी गराउन इच्छुक विद्यालय तथा क्याम्पसहरूले सूचना प्रकाशित भएको १५ दिन अर्थात् आगामी भदौ ९ गतेभित्र नेप्सेको इमेलमार्फत आवेदन दिइसक्नुपर्नेछ।

साे कार्यक्रममा विद्यार्थीहरूले पूँजी बजारको संरचना, सेयर कारोबार प्रक्रिया र लगानीसम्बन्धी आधारभूत विषयमा प्रत्यक्ष जानकारी पाउनेछन् ।  उक्त कार्यक्रममा सहभागी हुन चाहने संस्थाले आफ्नो नाम, ठेगाना, अनुमानित विद्यार्थी सङ्ख्या, प्रस्तावित भ्रमण मिति, अध्ययनरत तह र सम्पर्क व्यक्तिको विवरण खुलाएर आवेदन पठाउनुपर्नेछ।

प्रकाशित मिति : August 12, 2026 at 2:09 pm