२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

नेप्सेमा सर्वोत्तम पेन्ट्सको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

२७ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सर्वोत्तम पेन्ट्स ईन्डष्ट्रिज लिमिटेडको आईपीओ सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको ३४ लाख कित्ता आईपीओ सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको ८ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २५ लाख ५० हजार कित्ता सेयर गरी कुल ३४ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।

प्रकाशित मिति : August 12, 2026 at 1:49 pm