२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश दिने

२७ साउन, काठमाडाैं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट सेयरधनीहरूलाई ५० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मंगलबार बसेको क्यापिटलको सञ्चालक समितिका बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश प्रस्ताव पारित गर्नका लागि क्यापिटलले आफ्नो दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ। साधारण सभा आगामी भदाै २६ गते बिहान ९ बजे थापाथलीस्थित आफ्नै रजिष्टर्ड कार्यालयमा बोलाएको हो ।

साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने तथा ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

प्रकाशित मिति : August 12, 2026 at 11:37 am