२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

माउन्ट एभरेष्ट पावरको कतिमा भयो पहिलो कारोबार ?

२७ साउन, काठमाडौं । स्पेशल प्रि ओसन सेसनमा माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयरको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीको सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको थियो। यस अनुसार आजको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार भएको हो। नेप्सेमा कम्पनीको कुल ८६ लाख कित्ता नेप्सेमा सूचीकृत भएको थियो।

 पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।

प्रकाशित मिति : August 12, 2026 at 11:07 am