२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३८ करोड, खुद बीमाशुल्क आर्जन कति ?

२७ साउन, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। चौथो त्रैमाससम्म कम्पनीको खुद बीमाशुल्क आर्जन १२ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ११ अर्ब १८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।

याे अवधिसम्ममा कम्पनीले ३८ करोड २ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको ३५ करोड २ लाखको तुलनामा ८.५४ प्रतिशतले बढी हो ।

अघिल्लो आवसम्म ११ अर्ब ९६ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने १३ अर्ब ६४ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल खर्च १४ अर्ब ५२ करोडबाट बढेर १६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल आम्दानी १७ अर्ब ९ करोड रुपैयाँ रहेको छ । चुक्ता पूँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोष ९२ करोड ३६ लाख रुपैयाँबाट झरेर ६० करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको लगानी ४१ अर्ब ६६ करोड २४ लाख रुपैयाँबाट बढेर ५२ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.५९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२२.६८ रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : August 12, 2026 at 10:56 am