चेरी वान्डाका ईभी भ्यान, बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पोमा
२६ साउन, काठमाडाैं। काठमाडाैंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाले स्मार्ट विद्युतीय व्यावसायिक ईभी भ्यान प्रस्तुत गरेको छ ।
अगस्ट ११ देखि १६ ९साउन २६ देखि ३१० सम्म सञ्चालन हुने एक्स्पोमा चेरी वान्डाका विभिन्न क्षमताका विद्युतीय व्यावसायिक सवारीको अवलोकन तथा विस्तृत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।
एक्स्पोमा नाइमा स्टल नम्बरः १६, हल डि मा चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय व्यावसायिक सवारी प्रदर्शनमा राखिएका छन् । व्यावसायिक तथा स्कुल, कलेजहरुलाई ध्यानमा राखेर तयार गरिएका ईभी भ्यानमा आधुनिक प्रविधि, पर्याप्त ब्याट्री क्षमता, उच्च पिक पावर र उत्कृष्ट ग्राउन्ड क्लियरेन्सलाई प्राथमिकता दिइएको छ ।
चेरी वान्डाका ११ र १२ सिटका मोडलमा ४१.८६ किलोवाट क्षमताको सिएटिएल ब्याट्री, ७० किलोवाट पिक पावर, १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र एकपटकको चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज उपलब्ध छ । त्यस्तै, १४ सिट क्षमताको मोडलमा ५३।५८ किलोवाट सिएटिएल ब्याट्री, ८० किलोवाट पिक पावर, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा ३०० किलोमिटरसम्मको रेन्ज रहेको छ ।

त्यसैगरी, १६ सिट क्षमताको मिनी बस मा ५३.५८ तथा ७० किलोवाट क्षमताको सिएटिएल ब्याट्री, ८० तथा १२० किलोवाट पिक पावर, २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र मोडलअनुसार २८० देखि ३५० किलोमिटरसम्मको रेन्ज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारीतर्फ आकर्षण बढिरहेको अवस्थामा चेरी वान्डाका यी ईभी भ्यानले यात्रु तथा व्यावसायिक यातायातका लागि आधुनिक, आरामदायी र वातावरणमैत्री विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यसैबीच, चेरी वान्डाले ग्राहकलाई हायर पर्चेजमार्फत बिना धितो गाडी खरिद गर्ने सुविधा समेत उपलब्ध गराएको जनाएको छ । यसले व्यावसायिक सवारी खरिद गर्न चाहने ग्राहकलाई सहज र पहुँचयोग्य वित्तीय विकल्प उपलब्ध गराउने कम्पनीको विश्वास छ ।
एक्स्पोमा सहभागी आगन्तुक तथा ग्राहकले चेरी वान्डाका विद्युतीय व्यावसायिक सवारीका मोडल, विशेषता, रेन्ज तथा खरिदका लागि उपलब्ध वित्तीय सुविधाबारे प्रत्यक्ष जानकारी लिन सक्ने कम्पनीले उल्लेख गेको छ ।
प्रकाशित मिति : August 11, 2026 at 5:31 pm



