फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्तबीच मर्जर सम्झौता
२६ साउन, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भएकाे छ । यी कम्पनीबिच साउन २५ गते साँझ ५ बजे आपसमा मर्ज हुने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हाे ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपा–१३, साँगामा केन्द्रीय कार्यालय रहेको महिला लघुवित्त बीच एकआपसमा गाभ्ने/गाभिने सम्बन्धमा दुई पक्षीय प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

प्रकाशित मिति : August 11, 2026 at 10:16 am



