२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन सेयरधनीलाई माछापुच्छ्रे बैंकको आग्रह

२६ साउन, काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै ५ वर्षभन्दा अगाडि सम्पन्न साधारण सभाबाट पारित भएको आव २०७४/७५, २०७५/७६ र २०७६/७७ सम्मको नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो ।

dainiki.com

सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र काठमाडाैंको बाघदरबारमा रहेको जेडिए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको सेयर विभागमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ । उक्त अवधिमा बुझिलिन बाँकी रहेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : August 11, 2026 at 9:49 am