अश्लील भिडियो मेरो पुष्टि भए सांसद पदबाटै राजीनामा दिन्छुः ज्ञानेन्द्र शाही
२५ साउन, काठमाडौं। राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आफूमाथि लगाइएका व्यक्तिगत लाञ्छना र चरित्र हत्याको प्रयासप्रति आपत्ति जनाउँदै त्यसको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले आफूमाथि मदिरा पिएर जथाभाबी बोलेको र अश्लील भिडियो सार्वजनिक भएको भनी लगाइएका आरोपबारे खण्डन गरेका हुन् ।
सांसद शाहीले संसद्मा स्वास्थ्यकर्मी र चिकित्सकको टोली बोलाएर आफ्नो रगत र शरीरको प्रत्येक अङ्ग जाँच गर्न भनेका छन् । ‘जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा मात्र मेरो शरीरमा प्रयोग भएको देखिए म सांसद पदबाट राजीनामा दिन तयार छु’ शाहीले भने । उनले भ्रम फैलाउनेलाई कारबाही गर्न गृहमन्त्रीसँग माग गरे।
प्रकाशित मिति : August 10, 2026 at 3:49 pm



