एक वर्षमा १३ अर्ब ७७ करोडको बीमा पोलिसी सरेण्डर
२४ साउन, काठमाडाैं । गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्मको अवधिमा पोलिसी सरेण्डर रकम झण्डै १४ अर्ब नजिक पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्ब अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुबाट १३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ बाहिरिएको हो ।
साे सरेण्डर रकम अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ९.११ प्रतिशत कम हो । अघिल्लो वर्ष जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत १५ अर्ब १५ करोड २१ लाख रुपैयाँ बाहिरिएको थियो ।
सरेण्डर रकम अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा भने ९.११ प्रतिशत कम हो । अघिल्लो वर्ष जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत १५ अर्ब १५ करोड २१ लाख रुपैयाँ बाहिरिएको थियो । याे अवधिमा व्यतित बीमालेखको संख्या भने १७.१६ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा १० लाख ३० हजार ४० वटा बीमा पोलिसीहरु रिन्यू भएका छैनन् । अघिल्लो आवको सोही अवधिसम्म यस्तो संख्या १२ लाख ४३ हजार ३६५ रहेको थियो ।
प्रकाशित मिति : August 9, 2026 at 2:14 pm



