बालेनले भारत, चीन र अमेरिकी दूतसँग एक्लाएक्लै भेट्ने, एक्लै लड्नुपरेको गुनासो पनि गर्लान ?
२४ साउन, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले एक्लै लडाइँलडिरहेको भन्दै फेसबुक मार्फत टिप्पणी सार्वजनिक गरेको एक साता नबित्दै विदेशी राजदूतसँग एक्लाएक्लै (सिंग्ल-सिंग्ल) भेटवार्ता गर्ने भएका छन । यसअघि व्यक्तिगत भेटवार्ता नगर्ने अडान राखेर सामूहिक भेट गरेका बालेनले अब भने एक्लाएक्लै भेटवार्ता गर्ने कार्यसूची बनाएका हुन ।
योसँगै बालेनले आफ्नो पूर्ववत् नीति परिवर्तन गरेका छन् । उनले सोमबार नेपालका दुई छिमेकी भारत र चीन तथा मंगलबार अमेरिकाको राजदूतसँग छुट्टाछुट्टै भेट्ने भएका छन । उनले यसबाट आफ्नो कूटनीतिक शैली परिवर्तनको संकेत दिएका छन ।

बालेनले सोमबार भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङ र मंगलबार अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट उर्बमसँग भेटवार्ता गर्ने तय भएको छ। एक्लाएक्लै भेटको सूचीमा रोल नम्बर वान बनाएर बालेनले भारत प्राथमिकतामा रहेको संकेत दिन खोजेको देखिएको छ ।
बालेन र उनको समूह रास्वपाभित्रै अफ्ठेरोमा पर्दै गरेको विषयहरू बाहिर सार्वजनिक भैरहेको समयमा शहले शुक्रबार राति सरकार सञ्चालनमा कसैको सहयोग नपाएको कुरा गरेका थिए । उनले स्टेटस मार्फत आफूले एक्लै लडिरहनुपरेको र यो पहिलो पटकमात्र नभएको बताएका थिए । बालेनले भनेका थिए, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’
फेसबुकमा यस्तो टिप्पणी लेखेको एक साता पनि नबित्दै बालेनले भारत, चीन र अमेरिकासँग छुट्टाछुट्टै संवाद गरेर के भन्छन र कस्तो सन्देश प्रवाह गर्छन त्यो भने हेर्न बाँकी छ ? सरकारको अालोचना चर्को भैरहेकोको समयमा प्रधानमन्त्रीले विदेशीसँग संवाद गर्ने प्रकिया अघि बढाउँदा यसलाइ अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रकाशित मिति : August 9, 2026 at 9:22 am



