उपकार लघुवित्तको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?
२२ साउन, काठमाडौं। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्तयसम्ममा कम्पनीले ५ करोड ६१ लाख खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५२.७२ प्रतिशतले बढी हाे । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियाे ।
संस्थाको खुद ब्याज आम्दानी २१.८० प्रतिशतले बढेर २१ करोड ५३ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी २१ करोड ७६ लाख र सञ्चालन मुनाफा ८ करोड २ लाख रहेको छ ।

चौथो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ४८ लाख ८८ हजार र लाभांश क्षमता ४.६१ प्रतिशत पुगेको छ । अघिल्लो आवमा भने वितरणयोग्य मुनाफा ३ करोड ८३ लाखले ऋणात्मक र लाभांश क्षमता समेत ३६.१५ प्रतिशतले ऋणात्मक थियो । समीक्षा अवधिसम्म १ अर्ब ६४ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले २ अर्ब ३० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ४.८५ प्रतिशत रहेको संस्थाको खराब कर्जा अनुपात बढेर ९.९७ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीकाे प्रतिसेयर आम्दानी(ईपीएस) ५२.९३ रुपैयाँ पुगेको छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ ३०५.५४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५२.९० गुणा रहेकाे छ ।
प्रकाशित मिति : August 7, 2026 at 10:35 am



