७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

माथिल्लो मैलुङ खोला जलविद्युतकाे नाफा ११ करोड १२ लाख

२२ साउन, काठमाडाैं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्तयसम्ममा कम्पनीले ११ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष कम्पनी ६८ लाख ३७ हजार रुपैयाँ नोक्सानीमा थियो।

dainiki.com

यस्तै कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । अघिल्लो आवमा ३४ करोड ९५ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी ४३ करोड ११ लाख पुगेको छ । यस्तै कम्पनीको कन्स्ट्रक्सन आम्दानी १ करोड ४० हजार रहेको छ । कम्पनीले यो अवधिमा २२ लाख ५७ हजार रुपैयाँबराबरको वित्त आम्दानी गरेको छ ।

१ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५७ लाख १५ हजार रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)११.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १००.५७ रुपैयाँ र तरलता अनुपात १.७१ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : August 7, 2026 at 10:19 am