१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

९०५ प्रतिशतले बढ्यो ज्योति विकास बैंकको नाफा, प्रतिसेयर आम्दानी कति ?

२१ साउन, काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९०५.७५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १० करोड २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकले समीक्षा अवधिसम्म २ अर्ब ३४ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा यस्तो रकम २ अर्ब ९ करोड मात्रै थियो ।  समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ७.७५ प्रतिशतबाट घटेर ६.५५ प्रतिशतमा झरेको छ।  अघिल्लो आर्थिक वर्ष ८७ करोड ८५ लाख रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज, गत आर्थिक वर्ष ३० करोड १२ लाख रुपैयाँ रिभर्स भएको छ।

dainiki.com

यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा १४ करोड ४३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने बैंकको वितरणयोग्य मुनाफा ९९ करोड ९४ लाख रुपैयाँले ऋणात्मक रहेको थियो । ४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ११ करोड रुपैयाँ सञ्चित छ। गत असार मसान्तसम्ममा बैंकले ६७ अर्ब २२ करोड निक्षेप संकलन गरी ४९ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २.२८ रुपैयाँबाट बढेर २२.८८ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७०.९७ रुपैयाँ र पीई रेसियो १४.८२ गुणा छ ।

प्रकाशित मिति : August 6, 2026 at 2:05 pm