२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

मल्टीपर्सस फाइनान्सका सेयरधनीको हात खाली, लाभांश वितरण नगर्ने

२१ साउन, काठमाडौं । मल्टीपर्सस फाइनान्स लिमिटेडले सेयरधनीलाई लाभांश वितरण नगर्ने भएकाे छ । कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेसँगै सेयरधनीकाे हात खाली बनाएकाे छ ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणको आधारमा कम्पनीका सेयरधनीहरूलाई नगद लाभांश/बोनस सेयर वितरण नगर्ने प्रस्ताव गरेको हो ।

प्रकाशित मिति : August 6, 2026 at 10:51 am