२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

शिव शिखर र पशुपति सहकारीका ४२ बचतकर्ताले पाए रकम फिर्ता

२० साउन, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखर सहकारीका १४ जना र पशुपति सहकारीका २८ जना बचतकर्ताले पहिलो चरणमा बचत रकम फिर्ता पाएका हुन्।

dainiki.com

सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त भएको रकमबाटै बचतकर्तालाई रकम फिर्ता गरिएको जनाएको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको हो। अब बचत रकमको आधारमा बचतकर्तालाई वर्गीकरण गरी क्रमशः रकम फिर्ता गरिनेछ।

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली, सम्पत्ति व्यवस्थापन तथा बचत फिर्ताको प्रक्रिया प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर अघि बढिरहेको समितिले जनाएको छ।

प्रकाशित मिति : August 5, 2026 at 3:38 pm