विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा केसी नियुक्त
२० साउन, काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नियुक्त गरेको प्रवक्ता सस्मित पोखरेलले बताए।

त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा.डा रोजीन श्रेष्ठ नियुक्त भएका छन् ।
प्रकाशित मिति : August 5, 2026 at 1:37 pm



