२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

२० साउन, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकहरूसँग छलफल गर्दैछन् । देशको वर्तमान वित्तीय अवस्था, मौद्रिक नीतिको कार्यान्वयन र अर्थतन्त्रका समग्र चुनौतीहरूका विषयमा केन्द्रित रहेर उक्त छलफल हुन लागेको हो।

छलफलमा केन्द्रीय बैंकका कार्यकारी निर्देशकहरूले आफ्नो अनुभव र सुझाव प्रस्तुत गर्नेछन् । नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग नियमित रूपमा हुने समन्वय र परामर्शकै निरन्तरतामा सम्भवतः पहिलो पटक सबै कार्यकारी निर्देशकसँग सामूहिक छलफल आयोजना गर्न लागिएको हो ।

प्रकाशित मिति : August 5, 2026 at 9:27 am